हाम्रो सहकारीको मुनाफा २६ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाम्रो सहकारीको मुनाफा २६ लाख



money2-390x293झापा । झापाको मेचीनगरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (हाबस)ले गत आव २०७१/७२ मा रु. २६ लाख २३ हजार २१८ मुनाफा गरेको छ । संस्थाले अघिल्लो आवको तुलनामा गत आवमा रु पाँच लाख ७७ हजार ९३० अर्थात् २८ दशमलव २ प्रतिशतले बढी मुनाफा आर्जन गर्न संस्था सफल भएको सहकारीका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

आव २०७०/७१ मा संस्थाको मुनाफा रु. २० लाख ४५ हजार २८८ रहेको थियो । संस्थाको गत असार मसान्तसम्ममा ७४१ महिला सहित एक हजार ८३१ जना सेयर सदस्य रहेका छन् जसबाट रु एक करोड ७६ लाख १२ हजार ३०० सेयर पुँजी सङ्कलन भएको छ ।

हाबसले गत आव २०७१/७२ मा रु. पाँच करोड ७७ लाख ४७ हजार २०३ निक्षेप सङ्कलन र रु. आठ करोड २८ लाख ३९ हजार ६३५ कर्जा लगानी गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १२:५३