अपी पावर कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अपी पावर कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने



काठमाडाै । अपी पावर कम्पनी लिमिटेडले सम्पूर्ण सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आगामी पुस ३० गते हुने १४ औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेर बोनस सेयर दिन लागिएको हो । कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव गरेको थियो ।

सञ्चालक समितिको प्रस्ताव अनुसार १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजीको ८ प्रतिशत बोनस साधारणसभाले पारित गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । बोनस सेयर पाउने ५० हजार सेयरधनी छन् । न्यौपानेका अनुसार २८ मेगावाटमा निर्माण गर्ने त्रिशुली गल्छी र २६ मेगावाटबराबरको सौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने प्रस्ताव यसअघि नै पारित भइसकेको छ ।

कम्पनीले सुदुर पश्चिमको दार्चुलामा निर्माण गरेको ८.५ मेगावाटको नौगाड सञ्चालनमा छ । ८ मेगावाटको माथिल्लो नौगाड निर्माणको अन्तिम चरणमा छ भने २६ मेगावाटका सौर्य ऊर्जा प्रणाली आयोजनाका आयोजना अघि बढाएको छ ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १५:३४