नेपाल इन्स्योरन्स हकप्रद शेयर निष्कासन गर्ने तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरन्स हकप्रद शेयर निष्कासन गर्ने तयारीमा



काठमाडौं । नेपाल इन्स्योरन्सले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासनको लागि आवदेन दिएको हो ।

यस इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले निष्कासन गर्ने उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले जारी गर्ने हकप्रद शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ६० करोड ४० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १५:५९