हाथवे इन्भेष्टमेन्ट आफ्नै भवनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाथवे इन्भेष्टमेन्ट आफ्नै भवनमा



काठमाडौ । आइएमई समुहद्रारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका.म.न.पा २६, लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ । नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे । सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थीती थियो ।

स्थापनाको छोटो समयमा नै पुँजि बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानीगर्ने रहेको छ । पुँजि बजारकाअलवा दीर्घकाली नलगानीका रुपमा रियलस्टेट, हाईडोपावर, बीमा व्यवसाय जस्ता क्षेत्रहरुमा समेतलगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेको एन.वि.इन्स्योरेन्सकम्पनी लि. र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ ।

उद्घाटनको अवसरमा मन्तव्य दिदै अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । यसै गरी प्रबन्ध संचालक अम्बिका प्रसाद पौडेलले विगतको आरोह अवरोहका विचमा कम्पनीले गरेको प्रगती यसै कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गरे ।
नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्रीगर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्रीगर्न सक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ माअन्तिमकारोबार भएको छ ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार १४:४३