ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीको राम गोपालपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीको राम गोपालपुरमा



काठमाडाै । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७४ सालमंसिर १ गते शुक्रबारदेखि महोत्तरी जिल्लाको राम गोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंककाअध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा अध्यक्षले व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराउनु भयो । उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल विकास बैंकले ४६ वटा शाखाकार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्ननिक्षेप योजनातथाकर्जा सुविधा सहितएविविएस, आश्वालगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउदै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलनतथा १० अर्व ७० करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चातविकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ ।गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

प्रकाशित : ३ मंसिर २०७४, आईतवार १८:४४