७१ जना फुल व्यवसायी सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७१ जना फुल व्यवसायी सम्मानित



काठमाडौ । फ्लोरिकल्चर क्षेत्रमा योगदान दिने ७१ जना विहीबार सम्मानित भएका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले आफ्नो रजत जयन्तीको अवसर उनीहरु सम्मानित भएका हुन् ।

कृषि विकास राज्यमन्त्री सरिता प्रसाईले माला, दोसल्ला र ताम्रपत्र प्रदान प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मान गर्दै राज्यमन्त्री प्रसाईले नेपाल सरकार कृषि विकास मन्त्रालयबाट कृषिका विभिन्न अनुदान र सहयोगका नाममा गएको बजेट कृषक सम्म पुग्न नसकेको बताउँदै कृषक आफै चनाखो बन्नुपर्ने बताइन ।

रजत जयन्ती कार्यक्रममा कृषि विकास सचिब डा. सुरोज पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ, बनस्पती विभागका महानिर्देशक डा. अखिलेश्वर लाल कर्ण, कृषि विभागका महानिर्देशक डा. डिल्ली राम हर्मा, कृषि उद्यम केन्द्र तथा नेपाल उद्योग बाणिज्य महासंघका उपसभापति हेमराज ढकाल तथा एशोसिएशनकै पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

संघीय ढाँचामा देश अगाडि बढिरहेकाले अब फ्यान पनि संघीय संचनामा जाने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

प्रकाशित : ३० कार्तिक २०७४, बिहीबार १७:३४