एनआईबिएल क्यापिटल मार्केटसकाे शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईबिएल क्यापिटल मार्केटसकाे शाखा बिस्तार



काठमाडाै । एनआईबिएल क्यापिटल मार्केटस्ले बुधबार उपत्यका भित्र लगनखेल, ललितपुर तथा उपत्यकाबाहिर चिप्लेढुङ्गा पोखरामा आफ्नो सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग अन्र्तगतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदानगर्न आफ्नो शाखाबिस्तार गरेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक समारोह बीच लगनखेल, ललितपुर स्थित शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधीहरु लगायत नेपाल इन्भेष्टमेन्ट बैंक लि. र एनआईविएल क्यापिटल मार्केटस्का उच्च पदाधिकारीहरु समेतको उपस्थिति थियो । एनआईविएल क्यापिटल मार्केटस् लि. ले शाखाकार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवादिने विश्वस्तका साथ शाखा बिस्तार गरिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैक लि. को सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्स ले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको हो र निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सर्वसुलभ तरिकाबाट प्रदानगर्नेछ ।

यस एनआईविएल क्यापिटलमार्केट्सले मर्चेन्ट बैकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवालगायत सामुहिक लगानीकोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु आफ्नो सेवाग्राहीहरुलाई प्रदान गर्दै आइरहेको छ र निकट भविष्यमा नेपाल धितोपत्रबोर्डको स्वीकृतीलिई परामर्श सेवाहरु समेत संचालनमा ल्याउने छ । हाल यस कम्पनीले बैंक/वित्तीय संस्था, बीमाकम्पनी, जलविद्युतकम्पनीतथाहोटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धीकार्य गर्दै आइरहेको छ ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १८:३०