सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्दै



काठमाडाै । सूर्या लाइफ इन्स्योरेन्सले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद शेयर बिक्रीको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौतामा शुक्रबार एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले हस्ताक्षर गरे ।

इन्स्योरेन्सको नवौ बार्षिक साधारणसभाले १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैंया पुग्नेछ ।प्रस्तावित हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैंया पुग्नेछ ।

बीमा समतिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले ०७५ असार मसान्तसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनु पर्नेछ ।

एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:४२