युनियन लाइफ इन्स्योरेन्सले अाईपीअो जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनियन लाइफ इन्स्योरेन्सले अाईपीअो जारी गर्ने



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिक साधारणसभा हिजो सम्पन्न गर्दै छिट्टै ६४ लाख ५० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको सोमबार कर्पोरेट कार्यालय रूपन्देहीमा सम्पन्न सभाले सभाले सो प्रस्ताव पारीत गरेको हो । युनियन लाइफ पछिल्लो समय वीमा समितिबाट अन्तिम स्वीकृति पाएका सातओटा कम्पनीमध्ये पहिलो हो।

साथै, सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकसमेत निर्वाचन गरेको छ ।
सभाबाट सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल सञ्चालकमा चयन भएका हुन् । सोमवारै सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाललाई चयन गरेको छ ।

युनियनले काठमाडौंको नयाँबानेश्वरमा कर्पोरेट कार्यालय स्थापना गरी गत असोज ६ गतेदेखि कारोबार शुरू गरेको थियो । संस्थापक ७० र सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर स्वामित्व रहेको युनियनको चुक्तापूँजी २ अर्ब १५ करोड रुपियाँ रहेको छ ।

प्रकाशित : 31 October, 2017 11:42 am