महुली सामुदायिक लघुवित्तको बम्पर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महुली सामुदायिक लघुवित्तको बम्पर अफर



महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २१ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरि (कर प्रयोजनका लागि सहित) ६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।

५० प्रतिशत बोनस सेयर वितरण पश्चात महुलीको चुक्ता पुंजी ६ करोड पुग्नेछ। हाल महुलीको चुक्ता पुंजी ४ करोड छ। यस्तै , महुली लघुवित्तको उक्त संचालक समितिको बैठकले बोनस सेयर बितरण पश्चात कायम चुक्ता पुंजीबाट १०० बराबर ५० कित्ता सेयर अर्थात ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ।

उक्त प्रस्ताब आगामी बार्षिक साधारणसभाले पारित गरि नेपाल धितोपत्र बोर्डले अनुमति दिए पश्चात सेयरधनीहरुमा जारी हुनेछ। ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात महुलीको चुक्ता पुंजी ९ करोड पुग्नेछ।

प्रकाशित : 8 October, 2017 11:34 am