मुक्तिनाथको ४० प्रतिशत हकप्रद शेयर छुटला है « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथको ४० प्रतिशत हकप्रद शेयर छुटला है



काठमाडौ। मुक्तिनाथ विकास बैंकको सेयरधनीका लागि जारी गरेको १० बराबर ४ अर्थात् ४० प्रतिशत हकप्रद शेयर भर्ने म्याद असोज ८ गतेसम्म मात्र रहेको छ ।

गत भदौ ४ गतेबाट नै खुला भएको बैंकको हकप्रद शेयर चाडबाड नजिकिएको र आर्थिक क्रियाकलाप कम भएको बेला छुट्न सक्ने कुरामा लगानीकर्ताहरु सचेत हुनुपर्ने देखिएको छ ।

बैंकको हकप्रदमा आज शुक्रबार र आइतबार गरी जम्माजम्मी २ दिन मात्र आवेदन दिन बाँकी रहेको छ । बैंकले हकप्रद प्रयोजनका लागि साउन २० गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले साउन १९ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद बिक्री प्रबन्धकमा बैंकले एनआईबिल क्यापिटल मार्केट लाजिम्पाटलाई नियुक्त गरेको छ । हकप्रद शेयर एनआइबिल क्यापिटल मार्केट र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयबाट भर्न सकिनेछ । बैंकले हकप्रद शेयर जारी गर्न सेवनबाट साउन २ गते स्वीकृत पाएको हो ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ०९:२१