यस्तो छ नेपाल टेलिकमको नाैटंकी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

यस्तो छ नेपाल टेलिकमको नाैटंकी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो ।

टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्धारा स्वीकृत नभएको एवम स्थानीय बासिन्दाहरुको परम्परागत रितिरिवाजलाई देखाएको खबर अन्नपूर्णपोष्टमा छापिएको छ ।

टेलिकमले आफ्ना सर्त पुरा नहुने देखिएपछि धरहरा पुनर्निर्माणबाट हात झिकेको हो । यद्यपी, टेलिकमले काठमाडौं/ललितपुर/भक्तपुर दरबार स्क्वाएरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भुनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुननिर्माण कार्यका लागि आगामी तीन बर्षभित्र एक अर्ब रुपैया योगदान दिने प्रतिबद्धतामा भने कायमै रहेको बताएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए ।

यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरि जवाफ दिने बताएको थियो । दुई साता भन्दा बढी समय बितिसक्दा समेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न निर्देशन दिएको थियो ।

टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरि धरहरा पुनर्निर्माणवारे थप निर्णय गरिने प्रवक्ता भूसालले बताए ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ०८:३० 22 September, 2017 8:30 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।