काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गरेका छन् ।
आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने उनले बताए ।
घिसिङले अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना पनि सुनाए । सँगै विभिन्न सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने जानकारी घिसिङले दिए ।
प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि पनि लागेको उनको भनाइ छ । प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताएको छ ।
असहज अवस्था
यसै बिच उनले आउदो हिउँदमा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने भएको बताएका छन् । गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने बताए ।
बढी बिजुलीको माग हुने साँझको २ घण्टा पनि माग व्यवस्थापन हुने उनले स्पष्ट पारे ।लोडसेडिङ फेरी हुन्छ भन्ने हल्लालाई चिर्दे घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन् । साँझ उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्टपारे ।
Comment