स्टक क्लियरेन्स मेलाः ५० हजार बढीले गरे अवलोकन, २ करोड ९० लाखको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टक क्लियरेन्स मेलाः ५० हजार बढीले गरे अवलोकन, २ करोड ९० लाखको कारोबार



काठमाडौ । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै उपभोक्ता मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो ।

भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए । अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको बताउँदै मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार १६:३२