एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति



एजेन्सी १६ साउन । कुनै पनि स्थानमा सबै धनी हुनु सम्भव कुरा होइन । हरेक समाजमा कोही धनी कोही गरिव र कोही मध्यम हुन्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ चीनमा एउटा यस्तो गाउँ छ जहाँ हरेक मानिस करोडपति छ । २ हजार जनसंख्या भएको चीनको जियाङ्ग्सुस्थित गाउँका सबै करोडपति छन् ।

यहाँको हरेक ब्यक्तिसँग आलिसान बंगला र कार पनि छ । यहाँ बनाइएका हरेक घरको मोडल एउटै छ । खासमा यो गाउँका सबै मानिस मिलेर संयुक्त बैंक खाता खोलेका छन् । जहाँ हरेक ब्यक्तिको नाममा ८५ लाख रुपैयाँ जम्मा गरिएको छ । यो पैसा संयुक्तरुपमा समानुपातिकरुपमा नै चलाउने गरिन्छ । बैंकले नै हरेक बासिन्दालाई तलव सुविधा समेत उपलब्ध गराउँछ ।

यहाँका मानिसहरु लाखौं तलव खान्छन् । चीनको यो मोडल भिलेजले संसारका विकशित सहरहरुलाई समेत टक्कर दिएको डेली मेलले जनाएको छ । हरेक मानिसलाई उस्तै अधिकार र सुविधा दिइएको कम्युनिष्ट चीनमा रहेको यो गाउँलाई आधुनिक कम्युनको एउटा रुप भन्दा पनि हुन्छ ।

तर यो गाउँका करोडपति बन्न एक शर्त छ । शर्त हो हरेक मानिस यो गाउँमै बस्दा मात्र उसको खाताको पैसामाथि दावी गर्न पाउँछ । उनीहरुको सम्पति पनि गाउँमा बस्दा मात्र उनीहरुको हुन्छ । गाउँ छोड्ने निर्णय गरेमा भने सबैकुरा छोडेर हिँड्नु पर्छ । अर्थात गाउँ छोडेको दिन उक्त ब्यक्ति कंगाल हुन पुग्छ ।पुर्वेली न्यूजको सहयोगमा

प्रकाशित : १६ श्रावण २०७४, सोमबार ०९:३५