पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१३ मंसिर २०८३, आइतबारSunday, November 29, 2026

अर्थबजार स्टोरी

पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी बन्द

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका मुख्य सडक तथा पुलमा सवारी आवागमन प्रभावित भएको जनाएको छ ।  

चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभिर क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले सवारी आवागमन बन्द गरिएको छ ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ र ३ मा पर्ने सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । 

प्रकाशित : १३ मंसिर २०८३, आइतबार ११:२७ 29 November, 2026 11:27 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।