कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थ राजनीति

कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

यो समाचार सुन्नुहोस्0:00 / --:--

विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा २०८३ कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.को नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो ।

समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ ।

समितिले प्रतिवेदनमार्फत प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन सरकारसमक्ष अनुरोध गरेको छ । 

प्रकाशित : ११ मंसिर २०८३, शुक्रबार २०:३५ 27 November, 2026 8:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।