स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थबजार स्टोरी

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो।

मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित : ७ मंसिर २०८३, सोमबार १२:३८ 23 November, 2026 12:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।