सुनचाँदीको मूल्यमा वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

सुनचाँदीको मूल्यमा वृद्धि

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ। आइतबार ओरालो लागेको सुनको भाउ सोमबार प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर सुन २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। मूल्यवृद्धिसँगै चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४५ रुपैयाँले नै घटेर ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ७ मंसिर २०८३, सोमबार १२:२० 23 November, 2026 12:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।