नबिल बैंकको पौने २ लाख कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

नबिल बैंकको पौने २ लाख कित्ता शेयर बिक्रीमा

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । नबिल बैंकको पौने २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

नबिल बैंकको संस्थापक समूहको १ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुका लागि यो शेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका शेयर बिक्री खुला गरिएको छ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खदिका लागि आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको नक्सा नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकको रजिस्टर्ड कार्यालयमा दिन सकिनेछ।

प्रकाशित : ७ मंसिर २०८३, सोमबार ११:२७ 23 November, 2026 11:27 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।