मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ सूचीकृत भएका छन्।

मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित उक्त योजनाका प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएका हुन्।

यससँगै उक्त म्युचुअल फण्डको कुल अंकित मूल्य १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार उक्त योजनाको इकाइ कारोबार मंसिर २ गते बुधबारदेखि दोस्रो बजारमा सुरु हुनेछ।

लगानीकर्ताले नेप्सेमा MNMF2 कारोबार संकेतमार्फत उक्त योजनाका इकाइ खरिदबिक्री गर्न सक्नेछन्।

प्रकाशित : 17 November, 2026 5:43 pm