यी ६ क्षेत्रमा दक्ष हुनुहुन्छ ? डिग्रीलाई मार्नुस गोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी ६ क्षेत्रमा दक्ष हुनुहुन्छ ? डिग्रीलाई मार्नुस गोली



इभेन्टस म्यानेजर

धार्मीक कार्यक्रम होस वा अन्य संस्कृतिक कार्यक्रम  मनोरन्जन दिन विभिन्न कार्यक्रमहरु अायोजना गरिनै रहेका हुन्छन । यसका लागि एक जना इभेन्टस म्यानेजरको अावश्यक पर्छ उसको लागि कुनै समाराेहका लागि अावश्यक भूमिका निभाउन सक्छ ।  यसमा अलग अलग ठाउमा अलग अलग  कमाई हुन्छ । सबै मिलाएर राम्रो कमाइ गर्ने बाटो बन्छ । यो नेपालमा पनि बिस्तारै राम्रो अवसरको क्षेत्र बन्ने संभावना रहेको छ ।

पर्सनल टेनर

यो एउटा मजाको काम हुन सक्छ । अाजभोली स्वास्थयलाई लिएर  धेरै मानिसहरु जागरुक हुन थालेका छन् ।  यस कारण संसार भर नै पर्सनल टेनरको माग बढ्दै गएको छ ।  यो कामको लागि तपाई संग डिग्रीको सर्टिफिकट नै हुन पर्छ भन्ने जरुरी छैन ।  यो पेशामा तपाई इमान्दारीताका साथ लाग्ने हो भने लाखाै कमाउन सक्नु हुन्छ ।

मोडलिङ

अहिले देशका युवा ग्लामर उधोगमा अाकर्षित हुदै गएका छन् । शुरुअतमा धेरै नै संघर्ष भने यो क्षेत्रमा गर्नु पर्छ । तर यसमा राम्रो माैका पनि छ । यो क्षेत्रमा तपाइ सफल बन्न सके नाम र दाम दुबै हुन्छ ।  यसका लागि तपाइको पर्सनालिटीकाे साथ साथै बोल्डनेस भए यहाँ सफलताले तपाईलाई शिखर चुम्न सहयोग गर्छ ।

फ्रिलाइन्स फोटोग्राफर

 के तपाइ सुन्दर फोटो लिन सक्ने क्षमता राख्नु हुन्छ ?  त्यसो हो भने किन अन्याैलमा बस्नु हुन्छ । फ्रिलाइन्स फोटोग्राफर बनेर काम गर्नु सक्नु हुन्छ ।  यो काममा मजा पनि बेग्लै छ । किन भने फोटोको लागि तपाइले देश तथा बिदेशका विभिन्न स्थानका अनुभवहरु समेत हासिल गर्न सक्नु हुन्छ ।  यो संगै तपाईले अाफ्नो खुबी अनुसार शानदार तलब पनि पाउन सक्नु हुन्छ ।

एथिकल ह्याकर

 इन्टरनेट अाए पछि तपाई हामी पुरै अनलाइनको  भरमा चलेका छाैँ । अनलाइन सपिंगको चलन पनि तिब्र गतिमा बढेको छ । यस कारण पनि डेटा सुरक्षाको जरुरी भै सकेको छ । सरकारी क्षेत्रमा पनि विभिन्न क्षेत्रमा एथिकल ह्याकरको अावश्यक पर्दछ । भलै नेपालमा यो चलन अाउन सकेको छैन । तर यो क्षेत्रमा रुची राख्नेको लागि भर्जिन एरिया बन्न सक्छ ।  केही समयको अनलाइन कोर्ष गरेर तपाई एथिकल ह्याकर्स बन्न सक्नु हुन्छ ।  यो काममा तपाईले  राम्रो अाम्दानी गर्न सक्नु हुन्छ ।

रियल स्टेट एजेन्ट

यसको लागि तपाइले डिग्रीको सर्टिफिकेट नै हात पार्नु पर्छ भन्ने छैन ।  कुनै पनि प्रसिद्ध क्षेत्रमा सानो कोर्ष गर्दानै लाइसेन्स लिएर काम शुरु गर्न सक्नु हुन्छ ।  यो पेशामा तपाइ राम्रो कमाइ गर्न सक्नु हुन्छ ।

प्रकाशित : २९ असार २०७४, बिहीबार ०६:३०