नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे



काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित : 3 November, 2026 3:55 pm