सेञ्चुरीको हकप्रद अाउने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीको हकप्रद अाउने पक्का



काठमाडौं, २६ असार  । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर निष्काशन गर्ने निश्चित भएको छ । बैंकलाई हकप्रद निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।

बैंक ले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको उक्त हकप्रद शेयरको लागि असार २७ गते शेयर धनी पुस्तिका बन्द हुने भएको छ । बैंकको हकप्रदमा असार २६ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउने भएका छन् ।

बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारण सभाले पारित गरेको थियो ।

प्रकाशित : २६ असार २०७४, सोमबार १३:४३