सिद्धार्थ बैंकद्वारा शेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकद्वारा शेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा




सिद्धार्थ बैंक लिमिटेड (SBL) ले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र छिटो सम्बोधन गर्ने उद्देश्यले शेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस सुविधामार्फत ग्राहकले आफ्नो शेयर धितो राखेर आवश्यक कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। बैंकको मोबाइल बैंकिङ एप ‘BankSmart XP’ मार्फत Easy Loan > Loan Services > Loan Against Share मा गएर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार ग्राहकले धितोमा राख्ने शेयरको मूल्यांकनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई व्यक्तिगत तथा व्यावसायिक आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको शेयर धितो कर्जा सुविधा सिद्धार्थ बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।

यस सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित : 27 October, 2026 12:24 pm