काठमाडौं। शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रेस इन्टरनेशनलका को-फाउन्डर तथा डाइरेक्टर एन्ड्रयु पौडेल (लक्ष्मण एन्ड्रयु पौडेल) लाई युनिभर्सल पिस फेडेरेसन (UPF) ले आज ‘एम्बेसडर फर पिस २०२६’ सम्मानबाट सम्मानित गरेको छ।
शान्ति, सामाजिक सद्भाव, शिक्षा, युवा सशक्तीकरण तथा समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने यो सम्मानबाट पौडेल सम्मानित भएका हुन्। शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप प्राप्त यो सम्मानले उनको व्यावसायिक यात्रासँगै सामाजिक सक्रियतालाई थप पहिचान दिएको छ।
पौडेल लामो समयदेखि नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विशेषगरी विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई सही सूचना, परामर्श र मार्गदर्शन उपलब्ध गराउने क्षेत्रमा उनको सक्रिय भूमिका रहँदै आएको छ। ग्रेस इन्टरनेशनल मार्फत उनी शिक्षा परामर्श, विद्यार्थी मार्गदर्शन तथा युवाको शैक्षिक भविष्य निर्माणसँग जोडिएका विभिन्न गतिविधिमा संलग्न छन्।
हाल उनी एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (ECAN) का अध्यक्ष पनि छन्। ECAN नेपालको शैक्षिक परामर्श क्षेत्रको छाता संगठनका रुपमा कार्यरत छ र विद्यार्थीको सुरक्षित तथा जिम्मेवार अन्तर्राष्ट्रिय शैक्षिक यात्राका साथै परामर्श व्यवसायमा व्यावसायिकता, नैतिकता र गुणस्तर अभिवृद्धिका विषयमा काम गर्दै आएको छ। ECAN को आधिकारिक विवरणअनुसार पौडेल हाल अध्यक्षको भूमिकामा छन्।









Comment