चार समस्याग्रस्त सहकारीका २२३ बचतकर्ताले पाए बचत रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार समस्याग्रस्त सहकारीका २२३ बचतकर्ताले पाए बचत रकम



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका सदस्यलाई प्राथमिकतामा राखेर भुक्तानी गरेको जनाएको छ।

समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो। लामो समयदेखि सहकारीमा बचत रकम रोकिएका सदस्यलाई रकमका आधारमा वर्गीकरण गरी चरणबद्ध रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने सरकारी व्यवस्था छ। सोही व्यवस्थाअनुसार विभिन्न सहकारीबाट असुल भएको रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्न थालिएको समितिको भनाइ छ।

समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनको कामलाई पनि निरन्तरता दिएको जनाएको छ। ती कार्यबाट थप रकम प्राप्त हुँदै गएमा अन्य बचतकर्ताको रकम पनि क्रमशः फिर्ता गरिने समितिले स्पष्ट पारेको छ। बचत फिर्ताको सम्पूर्ण प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार सञ्चालन भइरहेको समितिले जनाएको छ।

प्रकाशित : 2 October, 2026 12:42 pm