एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित



काठमाडौ ।एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज १४ गते सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदनसहित पारित गरेको बैंकले जनाएको छ।
सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको छ।

प्रस्तावित बोनस शेयर जारी भएपछि बैंकको पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत साधारण सभाबाट पारित भएको छ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रकाशित : 30 September, 2026 4:44 pm