वर्ल्ड लिंक २१ वर्षमा , एक लाख ग्राहक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

वर्ल्ड लिंक २१ वर्षमा , एक लाख ग्राहक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं २२ असार। इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी वर्ल्ड लिंकले एक लाख ग्राहक पुर्याएको छ। सन् १९९५ मा दिलिप अग्रवालले कम्पनीको सुरुवात गरेका थिए। उनी अहिले कम्पनीका अध्यक्ष हुन्। स्थापनाको २१ वर्षमा ग्राहक संख्या एक लाख पुर्याएपछि कम्पनीले दश जना भाग्यशाली ग्राहक छानेको छ। दशै जना भाग्यशाली ग्राहकले एस ८ मोवाइल उपहार पाएका छन्।

उपहार पाउनेमा काठमाडौंका भरत शाही ठकुरी, तेन्जिङ शेर्पा, एड्भेन्चर तानसेन ट्रेक, सुजन तिमल्सिना, बिनोद थापा मगर छन्। त्यसैगरी भक्तपुरकी ज्योती लामा, भैरहवाका राजेन्द्र कुमार, धनगढीबाट पाहुरा थारु डेलीका स्माईल चौधरी वीरगञ्जका गौरव कुमार अग्रवाल, र बुटवलकी पार्बती थापा छन्। त्यसैगरी कम्पनीले १०० जना ग्राहकलाई तीन महिनाको निशुल्क इन्टरनेट उपहार समेत दिएको छ।

वल्र्डलिंकले अब नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायक बनेको छ, कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। कम्पनीले असार १६ मा वजेता घोषणा गरेको थियो भने विहिवार उपहार वितरण गरेको हो।

प्रकाशित : २२ असार २०७४, बिहिबार १३:१२ 6 July, 2017 1:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।