शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता



काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ । १० सातासम्म प्रसारण हुने दोस्रो सिजनको दशैं लगत्तै प्रसारण सुरु हुने भएको छ । यद्यपी हाल सम्म प्रसारणको निश्चित मिति भने तय भइसकेको छैन । हरेक साता एक–एक घण्टाका दुई एपिसोड राति ८ बजे प्रसारण हुनेछन् । 

दोस्रो सिजनमा ६० देखि ६५ जना ‘पिचर’ सहभागी भएका छन् भने छायांकन पूरा भइसकेको छ । पहिलो सिजनको तुलनामा यसपटक सहभागी व्यवसायको स्केल ६० देखि ६५ प्रतिशतले बढेको आयोजकको दाबी छ ।

दोस्रो सिजन पनि हिमालय टेलिभिजन एचडीबाटै प्रसारण हुनेछ । पहिलो सिजनका पाँचै जना शार्क—हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठ—दोस्रो सिजनमा पनि सहभागी छन् ।

आयोजकका अनुसार दोस्रो सिजनमा प्रविधि, खाद्य तथा पेय पदार्थ र कृषि व्यवसायमा उद्यमीको रुचि बढेको छ । सहभागी केही व्यवसायमा अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना देखिएको शार्कहरूले बताएका छन् । दोस्रो सिजनमा पहिलो सिजनको तुलनामा व्यवसायिक प्रस्तावहरू बढी परिपक्व र प्रमाणित रहेको आयोजकको भनाइ छ । कार्यक्रमले साना शहरका उद्यमीलाई समेत व्यवसाय विस्तार र लगानी खोज्न प्रेरित गरेको शार्कहरूको दाबी छ ।

प्रकाशित : 29 September, 2026 12:46 pm