पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरा सोधपुछपछि परिवारको जिम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरा सोधपुछपछि परिवारको जिम्मा



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि परिवारको जिम्मा लगाएको छ । उनलाई गएराति पक्राउ गरी प्रहरी कार्यालयमा लगिएको थियो ।

पक्राउपछि प्रहरीले जबरामाथि आवश्यक सोधपुछ गरेको थियो । सोधपुछ प्रक्रिया पूरा भएपछि उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले जबरालाई सुरक्षित स्थानमा पठाइएको पनि जानकारी दिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताएका छन् ।

प्रकाशित : 27 September, 2026 3:56 pm