१० वर्षे अवधिको लक्ष्मी सनराइज डिबेन्चर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० वर्षे अवधिको लक्ष्मी सनराइज डिबेन्चर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ। नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेका अनुसार ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ ।

प्रकाशित : 23 September, 2026 1:45 pm