काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भोलि अर्थात् असोज ५ गते बाँडफाँड हुने भएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आवेदन परेको छ। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता सेयरका लागि आवेदन दिएका छन्।
उपलब्ध सेयरको तुलनामा माग अत्यधिक परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। तथ्यांकअनुसार माग उपलब्ध कित्ताको करिब ३० गुणा बढी रहेको छ। बाँडफाँडमा ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी लाखौं आवेदकको हात खाली हुनेछ।
यस आधारमा बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिएका अधिकांश लगानीकर्ताका लागि १० कित्ता सेयर पाउनु पनि गोलाप्रथाको भाग्यमा निर्भर रहनेछ।









Comment