सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि र समाचार प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिसँग आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘दुनियाँभरि पत्रकारिताको नियम के हुन्छ भने ‘तपाईँसँग प्रश्न सोध्न सक्छु’ भनेर सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ ।’

ओलीले सञ्चारकर्मीलाई प्रश्न सोध्ने क्रममा आफूखुसी व्यवहार नगर्न आग्रह गरे । कसैको अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्न नहुने ओलीको भनाइ थियो । उनले भने, ‘पहिले प्रश्न गर्न मिल्छ भनेर सोध्नुस् । तपाईँहरू थुतुनोमै घोचेर, मुखमा घोचेर प्रश्न सोध्नुहुन्छ । त्यो नगर्नुस्, सोध्नुस् । हामी केही प्रश्न गर्न सक्छौँ भनेर ?’

प्रकाशित : 20 September, 2026 3:41 pm