नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

योसँगै अब संस्थाको सूचीकृत सेयर संख्या ८ लाख ९५ हजार ७२ कित्ता पुगेको हो । उक्त सूचीकृत सेयर भोलिदेखि नै कारोबार गर्न सकिनेछ ।

प्रकाशित : 17 September, 2026 4:25 pm