विकास हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति दिने भयाे ?



काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठक उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : 17 September, 2026 12:26 pm