काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजी तथा उद्धार टोलीले बुधबार सुरुङभित्रबाट दुई वटा शव फेला पारेको हो। उनका अनुसार करिब आधा घण्टा अघिमात्रै शव फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको जानकारी दिएका छन्। गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिस फसेको आशंकामा खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ। सोही क्रममा चिलिमे आयोजनाको सुरुङमा पनि खोजीलाई निरन्तरता दिइएको थियो।
फेला परेका शवको पहिचान तथा अन्य विवरण भने खुल्न बाँकी रहेको छ।








Comment