सीबीफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

सीबीफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ।

निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएकाे राजीनामा स्वीकृत भएसँगै सीबीफिनको अध्यक्ष पद रिक्त रहेको थियो। मिति २०८३ भाद्र २५ गते सम्पन्न सीबीफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो।

प्रतिष्ठित महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत रहेका उपाध्याय नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील एक अनुभवी व्यवसायी, कुशल रणनीतिकार तथा संस्थागत विकासका अभियन्ताका रूपमा परिचित छन् । उनले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकाशित : २६ भदौ २०८३, शुक्रबार १५:०७ 11 September, 2026 3:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।