काठमाडौं । मारुती सुजुकीका गाडीको आधिकारिक बिक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा उनीहरूका परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लिमिटेडका सम्बन्धित प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ । प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।










Comment