अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

मुख्य समाचार

अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ । 

सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । 

उनको अनुसार बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको हो ।

उनले अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएकाे पनि जानकारी दिए । उनले भने,‘श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको छ । अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएको हो ।’

प्रकाशित : २२ भदौ २०८३, सोमबार १२:५५ 7 September, 2026 12:55 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।