विन नेपाललाई प्राप्ति गरेसँगै स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विन नेपाललाई प्राप्ति गरेसँगै स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु



काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत रूपमा वित्तीय कारोबार सुरु गर्ने भएको छ।

‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने प्रक्रियाका लागि आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक प्रक्रिया सम्पन्न गर्नुका साथै नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसहित सम्बन्धित निकायबाट अन्तिम स्वीकृति पाएपछि प्राप्ति प्रक्रिया टुंगिएको हो।

प्राप्तिपछि विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्वको जिम्मेवारी स्वरोजगार लघुवित्तले लिनेछ। यससँगै दुवै संस्थाको कारोबार अब एउटै संस्थाको नामबाट सञ्चालन हुनेछ।

एकीकृत कारोबार सुरु गर्नुअघि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीका लागि आज दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू एक दिनका लागि बन्द रहने जनाइएको छ।

प्राप्तिपछि संस्थाको नाम भने स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ।

प्रकाशित : 6 September, 2026 12:21 pm