वीरेन्द्रनगर ५ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ ।
संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत र पुर्नस्थापनामा ऐक्यबद्धता जनाई उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । संस्थाले प्रभावित समुदायको पुर्नस्थापनामा ऐक्यबद्धता जनाउँदै सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र थापाले जानकारी दिए । बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा पुर्याएको धनजनको क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ।
प्राकृतिक बिपदमा परि ज्यान गुमाउने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा संस्थाले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै संस्थाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, बेपत्ता ब्यक्तिहरुको खोज तथा उद्धार कार्यमा जुट्न सबैमा हार्दिक अपिल समेत गरेको छ। संस्थाले सामाजिक उत्तरदायितव अन्तर्गत विभिन्न समयमा यस्तो सहयोग गर्दै आएको छ ।










Comment