टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए।

उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै चर्चा भइरहेको छ । यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरको कुनै टनेलमा विपत्ति आउँदाखेरी विश्वभरिका टनेल एक्सपर्टहरू टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिजहरू विश्वभर नै रहेको छ । तर यो चाहिँ किन फरक किसिमको हो भने पहिरोले प्रभावित भएको अथवा थुनिएको टनेल होइन र यो बाढीसहित हिलामाटोले पूर्ण रूपमा थुनिएको टनेल हो । यो सम्बन्धी काम गर्ने एकदमै ठूलो एक्सपर्टिज कुनै देशमा पनि थिएन । हामीसँग पनि तत्कालै गर्ने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रमा जति उद्धार भएको थियो, त्योभन्दा यो एकदमै विल्कुलै फरक अवस्था हो ।’

प्रकाशित : 2 September, 2026 2:34 pm