भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा



काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री बालेन शाहका अनुसार उक्त रकम ९ वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा जम्मा भएको हो।

यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले विपद्को समयमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन सुनिश्चित गर्न सरकारले सार्वजनिक गरेका आधिकारिक खातामार्फत मात्र सहयोग गर्न आग्रह गरेका छन्।

उनले सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्यूआर कोड’ तथा खाताको नाम ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा निजी क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको सरकारले जनाएको छ।

प्रकाशित : 29 August, 2026 9:18 pm