एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू



काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू गरेको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिअनुसार मंगलबार, अगस्ट १८ देखि ६० सेकेन्डको पल्स रेट कार्यान्वयनमा ल्याएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम अगस्ट ७ मा एनसेललाई नयाँ पल्स रेट लागू गर्न स्वीकृति दिएको थियो।

नयाँ पल्स रेट अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, मेक्सिको र लिबियालगायत देशमा लागू हुनेछ।

नयाँ पल्स रेट लागू हुने सम्पूर्ण देश तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्कसम्बन्धी विवरण एनसेलको वेबसाइटमा रहेको ‘अन्तर्राष्ट्रिय कल तथा एसएमएस शुल्क’ खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित : 19 August, 2026 3:57 pm