नेप्से १९ अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १९ अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.३४ अंकले घटेर २६२२.४८ को विन्दुमा कायम भएको छ । बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको इकाई कारोबार भएको छ । यसको ५० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँ र खानीखोला हाइड्रोको २५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, माउन्ट एभरेष्टका लगानीकर्ताले १४.९८ प्रतिशत र मनकामना इन्जिनियरिङका लगानीकर्ताले ४.७८ प्रतिशतका दरले कमाएका छन् ।

यता, आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : 18 August, 2026 3:23 pm