काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकतालाई सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा (Home Loan) तथा सवारी साधन कर्जा (Auto Loan) योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ भने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। यस योजनामा सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर Average Base Rate मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ।
उक्त घर कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले समेत लिन सक्नेछन्। बैंकले यो सुविधा देशभरका आफ्ना करिब ३०० शाखामार्फत उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले ७ वर्षसम्मको Auto Loan सुविधा सार्वजनिक गरेको छ। यस कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा Average Base Rate मा थप ०.५० प्रतिशत प्रतिवर्ष ब्याजदर कायम गरिएको छ।
बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस भएको अवस्थामा दुई कार्यदिनभित्र Delivery Order (DO) उपलब्ध गराइनेछ। यसले ग्राहकलाई आकर्षक ब्याजदरमा सहज रूपमा सवारी साधन खरिद गर्ने अवसर प्रदान गर्ने बैंकको विश्वास छ।
प्रभु बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको जनाएको छ।
घर कर्जा तथा सवारी साधन कर्जासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न वा बैंकको वेबसाइट www.prabhubank.com मा जान सक्नेछन्। साथै, ग्राहक सेवा केन्द्रको ०१–५९७०४८८ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


Comment