साढे ५ महिनापछि स्वदेश फर्किए देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् ।

उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए ।

प्रकाशित : 13 August, 2026 1:07 pm