नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको छ।

कम्पनीले नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष योजनाअन्तर्गत यो गाडी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पोमा दुवै मोडल बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विशेष वारेन्टी उपलब्ध गराउने जनाएको छ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए। नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकले कम्पनीको विद्युतीय सवारीसाधन विस्तारको योजनालाई थप बलियो बनाएको उनको भनाइ छ। उनका अनुसार दुवै विद्युतीय गाडी फरक–फरक ग्राहकको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको हो।

सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

थप शक्तिशाली पञ्च ईभी

नयाँ पञ्च ईभी अत्याधुनिक एक्ट.इभी प्लेटफर्ममा आधारित छ। यसमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्।

कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन्।

पञ्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता सुविधा छन्।

टियागो ईभीमा पनि आधुनिक सुविधा

दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन र आकर्षक रङ विकल्प दिइएको छ। यसमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागसहितका सुरक्षा तथा प्रविधियुक्त सुविधा उपलब्ध छन्।

कम्पनीले दुवै नयाँ विद्युतीय मोडलले नेपाली बजारमा विद्युतीय सवारीसाधनको विकल्प थप विस्तार गर्ने अपेक्षा गरेको जनाएको छ।

प्रकाशित : 11 August, 2026 9:39 pm