काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मि पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।
पन्तमाथि प्रभु बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा संलग्न रहेको आरोप छ। यसअघि यही मुद्दामा एसियन नभिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पनि पक्राउ परिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Comment